काठमाडौँ। नेकपा एमाले स्थायी कमिटीको बैठक सुरू भएको छ।
बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा सुरू भएको हो ।
आज बस्न लागिएको एमालेको स्थायी कमिटीको बैठकमा एमालेभित्र रहेको विवादका सम्बन्धमा छलफल हुनेछ ।
बैठक सुरु हुने अघिल्लो दिन अर्थात हिजो सोमबार बेलुका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल पक्षधर नेताबीच छलफल भएको थियो ।
केहि दिन अगाडी बसेको नेकपाको स्थायी कमिटीको बैठकले एमालेले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, भीम रावलसहितका ११ जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहितका १२ जना नेतालाई ओलीले स्पष्टिकरण सोधेका थिए ।