काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ जेठ २३ गतेसम्मलाई स्थगित भएको छ ।
इजलासबाट दीपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिने भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले २३ गते नयाँ रोष्टरबाट इजलास गठन गर्ने आदेश सुनाएका हुन् ।
त्यस्तै संवैधानिक इजलासबाट न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले अलग हुन अस्वीकार गरेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासका दुई न्यायाधीश दिपक कार्की र आनन्दमोहन भट्टराई बाहिरिएका छन् ।