सकियो एमाले स्थायी कमिटीको बैठक, एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय-Sutra News

सकियो एमाले स्थायी कमिटीको बैठक, एकताका लागि अन्तिमसम्म प्रयास गर्ने निर्णय

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौँ । नेकपा एमालेले पार्टीलाई विभाजन हुन् नदिनका लागी अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ ।



मंगलवार प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको एमालेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकको निर्णय सुनाउँदै पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘पार्टीको आन्तरिक एकताका लागि अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको छ ।’

आजको बैठकले  स्पष्टिकरण सोधिएका १२ जना नेतालाई कारवाहीको कुनै निर्णय नगरिएको पनि प्रवक्ता ज्ञवालीले उल्लेख गरे ।

त्यस्तै आजको बैठकमा बजेटको विषयमा पनि समिक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट