ओरालो लाग्दै कोरोना: भारतमा कोरोना संक्रमितको संख्या ५१ दिन यताको नै कम-Sutra News

ओरालो लाग्दै कोरोना: भारतमा कोरोना संक्रमितको संख्या ५१ दिन यताको नै कम

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

कोरोना संक्रमितको संख्या गत ५१ दिन यताको नै कम



एजेन्सी । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भारतमा कोरोनाभाइरस संक्रमणको दर ओरालो लागेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ लाख २७ हजार ५१० जनामा थप व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार ४४ व्यक्ति कोरोना संक्रमित भएका छन् ।

यो तथ्यांक गत ५१ दिन यताको नै कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको छ  । 

त्यस्तै २४ घण्टाको अवधिमा २ हजार ७९५ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाबाट ३ लाख ३१ हजार ८९५ जनाको ज्यान गइसकेको छ ।

भारतमा हालसम्म ३४ करोड ६७ लाख ९२ हजार २५७ व्यक्तिको कोरोना परिक्षण गरिएको सरकारी स्रोतले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट