काठमाडौँ । सरकार र थारूहट संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ ।
मंगलवार सरकार र थारुहट संयुक्त संघर्ष समितिबिच गरिएको सहमतिमा टिकापुर घटनाक आरोपित रेशम चौधरी, धनीराम चौधरी र लक्ष्मण चौधरीमाथि लगाइएको मुद्धा फिर्ताका लागि कानुन सम्मत तरिकाले अगाडी बढ्ने कुरा उल्लेख छ ।
सहमतिपत्रमा संयुक्त संघर्ष समितिको तर्फबाट रुक्मिणी चौधरी, प्रेमलाल चौधरी,पद्मनारायण चौधरी, प्रभात चौधरी र चन्द प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् भने, यता सरकारको तर्फबाट कानुनमन्त्री लीलानाथ श्रेष्ठसहित राजन भट्टराई र भगवती चौधरीको हस्ताक्षर रहेको छ।
यस्तो छ पत्र: