काठमाडौं । चौधरी ग्रुपको सीजी कम्युनिकेसन्सले काठमाडौं उपत्यकामा इन्टरनेट सेवाको सुरुवात गरेको छ ।
सुरुमा इन्टरनेट सेवा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुने कम्पनीले जनाएको छ । सुरुवाती चरणमा जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले इन्टरनेट सेवा प्रयोग गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।
त्यस्तै कम्पनिले अबको १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार गराउने लक्ष्य राखेको छ ।
इन्टरनेट प्रयोगकर्ताहरुले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ ।
सुरुमा कम्पनीले १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको छ ।
त्यस्तै तीन महिनाको लागि २ हजार ९९७ र ६ महिनाको लागि जडान गर्नका लागि ५ हजार ९९४ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीका अनुसार वार्षिक प्याकेज लिन चाहनेका लागि जडान र राउटर निशुल्क गरिएको छ । उल्लेखित जडानहरुमा केवल निशुल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।