काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
केही समयअघि जसपाको उपेन्द्र पक्षले महन्थ ठाकुरसहित चार नेताहरुलाई पार्टीबाट निष्कासन गरेको थियो । निष्कासन गरेपछि उपेन्द्र यादव पक्षले निष्कासन गरिएको जानकारी निर्वाचन आयोगलाई दिइसकेको छ ।
उक्त पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको थियो ।