काठमाडौँ । नेकपा एमालेका नेता भिम रावलले बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्धका बारेमा प्रश्न उठाएका छन् ।
मंगलवार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै नेता रावलले यस्तो प्रश्न उठाएका हुन् ।
‘बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि ?’ उनले प्रश्न गरेका छन् ।
त्यस्तै उनले बालुवा,गिट्टी भारत पठाउनु देश विकासको लागि घातक हुने उल्लेख गरेका छन् ।
हेर्नुहोस उनको ट्वीट:
बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ कि? राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात!