बस्तीमा रुघाखोकी र ज्वरोको प्रकोपले लियो महामारी, परीक्षण नगराउँदा जोखिम बढ्दै-Sutra News

बस्तीमा रुघाखोकी र ज्वरोको प्रकोपले लियो महामारी, परीक्षण नगराउँदा जोखिम बढ्दै

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं- सिरहाको लहान नगरपालिकास्थित उत्तरी क्षेत्रका दलित बस्तीमा पछिल्लो दुई सातादेखि रुघाखोकी र ज्वरोको प्रकोप देखिएपनि बिरामी परीक्षण नगराइ गाउँमै बस्दा सङ्क्रमण थप फैलिने जोखिम बढेको छ ।



ज्वरो र रुघाखोकीले थलिए पनि स्वास्थ्य चौकीमा जचाँउन जाँदा कोरोना सङ्क्रमण हुन सक्ने त्रासले बिरामी गाउँमै बसिरहेको स्थानीयहरुले बताएका छन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले परीक्षण गरेर नतिजा नआउँदासम्म अलग रहन पटक-पटक स्वास्थ्यकर्मीले आग्रह गर्दै आएपनि बिरामी जचाउँन स्वास्थ्य चौकी सम्म नआएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए ।

सिरहा अस्पतालमा कोभिड-१९ को निःशुल्क पिसिआर परीक्षण हुँदै आएपनि ग्रामिण भेगका सर्वसाधारण लक्षण देखिएपनि परीक्षण गराउन आनाकानी गरिरहेकाले सङ्क्रमणको जोखिम बढेको प्रमुख यादवको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट