कोरोना भाइरस महामारीका विषयमा अनावश्यक टिप्पणी नगर्न मन्त्रालय आग्रह-Sutra News

कोरोना भाइरस महामारीका विषयमा अनावश्यक टिप्पणी नगर्न मन्त्रालय आग्रह

मंगलबार, १८ जेष्ठ २०७८

मंगलबार, १८ जेष्ठ २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ ।



मन्त्रालयका प्रवक्ता डा.कृृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गरेका हुन् ।

यस्ता गतिबिधिले धेरैलाई द्विबिधा र भ्रमित बनाउने गरेकाले यस्तो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ ।

‘कोभिड-१९ का सम्बन्धमा समग्र जनस्वास्थ्यका बिषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय वाहेकले आधिकारिक जानकारी वा पुस्ट्याइँ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रुपमा सवैलाई अनुरोध गर्ने’ सूचनामा उल्लेख छ ।

मन्त्रालयले अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्न नगराउन अनुुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट