काठमाडौं- विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनप्रति विभिन्न राजनीतिक दल तथा व्यक्तिहरूले एक इमान्दार व्यक्ति राज्यले गुमाएको बताएका छन् ।
थापाको निधनपछि सामाजिक सञ्जालमा कलाकार, पत्रकार, राजनीतिज्ञ, उद्यमी, व्यावसायीहरूले उनको प्रतिष्ठा, असलपन, देशभक्ति चर्चा गरी श्रद्धाञ्जली दिएका छन् ।
थापालाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले श्रद्धाञ्जली दिएका छन् । कांग्रेसले थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।
आफूलाई युवा नेताका रुपमा स्थापित गर्न सफल थापाको निधनबाट नेपाली राजनीतिमा ठूलो क्षति पूगेको कांग्रेसको ठहर छ ।
कांग्रेसले भनेको छ, ‘एक उदीयमान युवा नेताका रुपमा आफूलाई स्थापित गर्न सफल हुनुभएका थापाको निधनले नेपाली राजनीतिमा ठूलो क्षति पुगेको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवाले थापाको निधनप्रति दुःख व्यक्त गर्दै कांग्रेस पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् ।
कोरोना संक्रमणपछि उपचाररत थापाको मंगलबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
कसले के भने ?
नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ। वहाॅको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ।वहाॅप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहीरो समवेदना! pic.twitter.com/iBsvtvyJeJ
— Baburam Bhattarai (@brb1954) June 1, 2021
नेपाली राजनीतिको एक उज्वल नक्षत्र तथा आशाको धरोहर उज्वल थापा महायात्रामा प्रस्थान गर्नु भयो। वैकुण्ठ वास होस्।
हार्दिक श्रद्धाञ्जलीशान्ता दिज्यू र उदयबहादुर थापामा हार्दिक समवेदना pic.twitter.com/0vZykCcwEE
— Kamal Thapa (@KTnepal) June 1, 2021
उद्यमी, राजनीतिक अभियन्ता तथा विवेकशील साझा पार्टीका पुर्व अध्यक्ष उज्वल थापाको निधनले अत्यन्तै दु:खी बनाएको छ।
देशका लागी अझै तपाईंको आवश्यकता थियोे। तपाईंले आम युवा माझ बनाउनु भएको सकारात्मक छवि र व्यक्तित्व हाम्रा सामु अनुकरणीय रहिरहनेछ।
श्रद्धासुमन उज्वल जी ! pic.twitter.com/3TfSGGhWYE— Dr Shekhar Koirala (@Shekharnc) June 1, 2021
विवेकशील नेपाली दलका संस्थापक एवं अभियान्ता उज्ज्वल थापाको निधनको खवरले निकै दुखि भएको छु। उहाँको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु। pic.twitter.com/uMCi8UwGGP
— Sher Bahadur Deuba (@DeubaSherbdr) June 1, 2021