भारतमा क्रमशः घट्दै कोरोना संक्रमित, अब मुक्ति पाइएला ?-Sutra News

भारतमा क्रमशः घट्दै कोरोना संक्रमित, अब मुक्ति पाइएला ?

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं- दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमितको दैनिक वृद्धिमा कमी हुँदै गएको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३३ हजार २२८ जनामा संक्रमण भएको छ ।



यो संख्या मंगलबारको तुलनामा ७ हजारले बढी हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८३ लाख ६ हजार ८३३ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा यो संख्या ३ हजार आसपासमा झरेको छ । आज भारतमा २८ सय ५ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३५ हजार ११४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट