काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओली पक्षद्वारा निष्कासित नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले समानान्तर सत्ताको अभ्यास सुरु गरेकी हुन् कि भनेर आशंका गरेकी छन् ।
प्रधानमन्त्रीलाई नाघेर खोप सहयोगका लागि मित्र राष्ट्रका प्रमुखलाई आफैंले धमाधम पत्राचार गर्न थालेपछि नेत्री झाँक्रीले उनीप्रति राजनीतिक शंका व्यक्त गरेकी हुन्।
‘राष्ट्रपति संस्था संविधानको संरक्षक र कानुनको परिपालक हो । उसका सम्पूर्ण कामलाई संविधानले सीमित गरेको छ,’ विघटित संसदकी सांसदसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘लोकरिझ्याइँका लागि मित्र राष्ट्रका राष्ट्रप्रमुखलाई पत्राचार गर्ने होइन, त्यो काम त कार्यकारीको हो । यो व्यवहार कतै समानान्तर सत्ताको अभ्यास त होइन ? कि धुमिल भएको छवि बचाउने प्रपञ्च ?’
राष्ट्रपतिको चरित्र हत्या गरेको भन्दै झाँक्रीलाई पक्राउ गर्न माग
रामकुमारी झाँक्रीलाई राष्ट्रपतिकी छोरीको प्रश्नः मेरी आमाको सारीमा प्रश्न उठाउने तपाईं को हो ?