आरूका यस्ता फाइदा-Sutra News

आरूका यस्ता फाइदा

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

पौष्टिक तत्व प्राप्त हुने फलमध्ये एक हो आरू । आरू सेतो वा हरियो रंगको सानो फल हो । आरू फलका धेरै स्वास्थ्य लाभ छन् । यसमा मिनरल र भिटामिन प्रशस्त मात्रामा पाइन्छ ।



आरूमा एन्टिक्यान्सर, एन्टि-एलर्जिक, एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल र एन्टि-इन्फ्लेमेटरी पाइन्छ ।  यसको कारणले आरूले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ ।  

तौल घटाउन

तौल घटाउनलाई योग तथा एक्सरसाईजका साथै खानपानको पनि विशेष भूमिका हुन्छ । आरूले बोसो अवशोषणलाई रोकेर एनर्जी मेटाबोलिज्मलाई बढाएर माटोपनलाई नियन्त्रण गर्छ । त्यसैले तौललाई नियन्त्रण गर्न हामीले दैनिक रूपमा आरूको सेवन गर्नुपर्छ ।

क्यान्सरबाट बचाउँछ

आरू खानाले क्यान्सर जस्तो प्राणघातक रोगबाट बच्न सकिन्छ । आरूको छालामा एन्टि क्यान्सर प्रभाव हुन्छ जसले क्यान्सरको समस्यालाई रोक्दछ । आरूले ब्रेस्ट (स्तन) क्यान्सरको जोखिमलाई कम गर्छ ।

आँखाको लागि लाभदायक

आरूको दैनिक सेवनले आँखालाई स्वस्थ राख्न सकिन्छ ।

कब्जियतको लागि

आरूले कब्जियतको समस्यालाई नियन्त्रण गर्छ । आरूमा भरपुर मात्रामा फाइबर हुन्छ, जसले मल त्यागमा मद्दत गर्छ । यसले कब्जियतबाट राहत मिल्छ । 

कोलेस्ट्रोललाई नियन्त्रण

यदि कोही व्यक्ति उच्च रक्त कोलेस्ट्रोलबाट पीडित छन् भने तिनले दैनिक एकवटा आरू खाँदा कोलेस्ट्रोललाई नियन्त्रण गर्न सकिन्छ । आरूमा पाइने फाइबरले शरीरमा भएको नुक्सानदायक कोलेस्ट्रोललाई कम गर्छ । साथै यसले अन्य रोग लाग्नबाट पनि बचाउँछ ।

चिन्ता र डिप्रेशनलाई ढाटा राख्छ

आरूमा पाइने एन्टिअक्सिडेन्टले स्ट्रेसको समस्यालाई कम गर्छ । आरूले चिन्ता र डिप्रेशनबाट मुक्ति दिलाउँछ ।  

एलर्जीलाई कम

कसैलाई कुनै पनि किसिमको एलर्जी छ भने त्यसलाई आरूले कम गर्छ । आरूमा एन्टि-एलर्जीक गतिविधि हुन्छन् । जसले एलर्जीको जोखिमलाई कम गर्छ । 

छालाको लागि लाभदायक

आरूका फाइदा छालामा पनि देख्न सकिन्छ । आरूले घाम (यूबी) को किरणले छालामा पार्ने असरलाई रोक्छ । यसका साथै छाला क्यान्सरको जोखिमलाई पनि कम गर्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट