एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, पार्टी एकताको लागि पहल हुने-Sutra News

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, पार्टी एकताको लागि पहल हुने

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ  ।



बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक नेताले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलको बारेमा छलफल हुनेछ ।

हिजो मंगलवार बसेको  स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट