काठमाडौँ । ललितपुरमा ५ वर्षीया बालिकालाई करणी गर्ने एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका-३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका-२ घर भएका २० वर्षीय राम आशिस सदा रहेका छन् ।
उनले ५ वर्षीया बालिकालाई मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र बलात्कार गरेको आरोप छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।