ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने निर्णय नसच्याए संघर्षमा उत्रने उपेन्द्र यादवको चेतावनी-Sutra News

ढुङ्गा, गिटी, बालुवा निकासी गर्ने निर्णय नसच्याए संघर्षमा उत्रने उपेन्द्र यादवको चेतावनी

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौँ । सरकारले खानीजन्य ढुङ्गा, गिटी, बालुवा निर्यात गर्ने भनेर गरेको निर्णयप्रति जसपा नेता उपेन्द्र यादवले  ध्यानाकर्षण भएको बताएका छन् ।



बुधवार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस  लख्दै उनले सरकारको उक्त निर्णयप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।

‘सरकारको यस नीति, कार्यक्रम र योजना वातावरणीय हिसाबले घातक रहेको छ,’ यादवले लेखेका छन्, ‘यसबाट नवधनाढ्य देखि व्यवसायीलाई त फाइदा नै होला तर, यसबाट सबैभन्दा बढी प्रभाव चुरेको संवेदनशील क्षेत्रमा नै पर्ने र त्यसले तराई÷मधेशमा ठूलो प्राकृतिक संकट आउने छ ।’

त्यस्तै उनले भविष्यमा मधेशका भूमिको उर्वरता समाप्त भई जनताको जीवन नै संकटमा पर्ने भएको हुँदा भरपर्दो वैज्ञानिक, पर्यावरणीय तथा वातावरणीय अध्ययन नगरी ल्याइएको ढुङ्गा, गिटी, वालुवा आदि उत्खनन् गरी निर्यात गर्ने कार्य बन्द गरिनुपर्ने उल्लेख गरेका छन् ।

उनले सरकारले गरेको निर्णय सच्याउनुपर्ने धारणा व्यक्त गरेका छन् । ढुंगा बालुवा जस्ता सम्पदाहरु भारत पठाउने निर्णय बन्द नगरे आफुहरु सरकारविरुद्ध संघर्षमा उत्रन सक्ने पनि उनले बताएका छन् ।

गत १५ गतेको बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले ढुङ्गा, गिटी, बालुवा निर्यात गर्ने बताएका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट