काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बजेटमार्फत नेपालको गिट्टी, बालुवा र ढुंगा निकासी गरेर व्यापार घाटा कम गर्ने नाममा सत्ता बचाउन खोजेको आरोप लगाएका छन्
बुधवार सामाजिक सञ्जालमा ट्वीट गर्दै नेता दाहालले यस्तो आरोप लगाएका हुन् ।
सरकारको उक्त निर्णय जनविरोधी भएकोले त्यसलाई तत्काल खारेज गर्न प्रचण्डले माग गरेका छन् ।