जसलाई स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लियो-Sutra News

जसलाई स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लियो

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

काठमाडौं- स्वास्थ्यकर्मीको चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । उनलाई बुधबार वीरगञ्जबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१० घडिअर्वा टोल निवासी २४ वर्षीय सौरभ साह हुन् ।



उनले वीरगञ्ज नगरक्षेत्रमा रहेका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट पटक-पटक आपत्तिजनक शब्दहरूको प्रयोग गरेको प्रहरीको भनाइ छ ।

साहलेअनर्गल आरोप लगाइ व्यक्तिको चरित्रहत्या गर्ने, धम्क्याउने लगायतका कानूनविपरीत क्रियाकलाप गरेको भनी पीडित पक्षको जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

साहलाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताबिरूद्धको कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट