कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान-Sutra News

कोरोनाविरुद्ध मिलेर लड्न नाइजेरियाली राष्ट्रपतिको आह्वान

बुधबार, १९ जेष्ठ २०७८

बुधबार, १९ जेष्ठ २०७८

अबुजा- नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले कोरोना भाइरस महामारीका विरुद्धमा मिलेर लड्न सबैलाई आह्वान गरेका छन् । समयामसयक चुनौतीहरुलाई संयुक्त रुपमा सामना गर्नु पर्नेमा उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेका छन् ।



‘कोरोना भाइरसले संसारभरी अकल्पनीय संकट ल्याएको छ, यसले ठूलो क्षति पनि बनाएको छ,’ विदेशी कुटनीतिज्ञहरुसँग राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा उनले भनेका छन् ।

अहिलेको महामारी धेरै ठूलो भएकाले कुनै एउटा देश वा निकायले मात्रै व्यवस्थापन गर्न नसक्ने भएकाले अन्तर्राष्ट्रियस्तरबाट नै गर्नुपर्ने उनको भनाइ छ ।

मानव तथा मानव जीवनशैलीमाथि कोरोना भाइरसले धावा बोलेको राष्ट्रपति बुहारीले विदेशी कुटनीतिक अधिकारीहरुसँग बताए ।

‘सबैले एक अर्का देशलाई सम्मान गर्दै सहयोग र सहकार्य पनि गर्नु अति आवश्यक देखिएको छ, त्यसका लागि म सबैलाई आग्रह गर्दछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट