काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले माग गरेका छन् ।
कोरोना महामारी रहिरहे पनि पूर्वनिर्धारित समय भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्न सकिने पौडेल पक्षले बताएका छ ।
यसबारे पौडेलसहित उनी पक्षका केन्द्रीय सदस्यले बुधबार भर्चुअल रूपमा छलफल गरेका थिए ।
सभापति शेरबहादुर देउवालाई पार्टी महाधिवेशनको प्रक्रिया थाल्न पौडेल पक्षले दबाब दिन लागेको हो ।