काठमाडौं- मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले हाल लुम्बिनी प्रदेशका थोरै भू-भागका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।
सोही प्रभावले आज दिउँसो र राति प्रदेश १ लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जनर चट्याङ्ग रहावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शनिबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।