भारतमा एकैदिन २८ सय ९९ जनाको मृत्यु-Sutra News

भारतमा एकैदिन २८ सय ९९ जनाको मृत्यु

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौं- भारतमा दैनिक संक्रमण वृद्धि १ लाख ३५ हजार आसपासमा पुगेको छ । डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्ला दिनहरूमा संक्रमणमा कमी आएको हो ।



पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ३४ हजार १०५ जनामा संक्रमण भएको छ । यो संख्या बुधबारको तुलनामा १ हजारले बढी हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ८४ लाख ४० हजार ९८८ पुगेको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख २२ हजार २५७ पुगेको थियो ।

आज भारतमा मृतको संख्यामा पनि कमी आएको छ । दैनिक चार हजार हाराहारी संक्रमितको मृत्यु हुँदै आएकोमा यो संख्या ३ हजार आसपासमा झरेको छ । आज भारतमा २८ सय ९९ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या ३ लाख ३८ हजार १३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट