काठमाडौँ । घाँटीमा लिचीको दाना अड्किएर ६ महिने शिशुको मृत्यु भएको छ।
मृत्यु हुनेमा भीमदत्त नगरपालिका–५ का ६ महिने वीरेन्द्र चन्द रहेका छन् ।
लिचीको दाना खेलाइरहेका चन्दले निल्न खोजेपछि घाँटीमा अड्केर मृत्यु भएको बताइएको छ ।
लिचीको दाना घाँटीमा अड्किएपछि छटपटीएका शिशुको महाकाली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।