हामी ऋणमा चाहिँ छैनौं तर चन्दा उठाएर धनी भयौं भन्ने कुरा भ्रम हो- विप्लव-Sutra News

हामी ऋणमा चाहिँ छैनौं तर चन्दा उठाएर धनी भयौं भन्ने कुरा भ्रम हो- विप्लव

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफुहरु  ऋणमा नभएको  बताएका छन् ।



हिमालय टेलिभिजनमा राजेन्द्र बानियाँसँग कुराकानी गर्दै महासचिव विप्लवले यस्तो बताएका हुन् ।

‘हामी चन्दा उठाएर धनी भयौं भन्ने कुरा भ्रम हो । वास्तवमा भन्ने हो भने हामीले नेपाल कम्युनिष्ट पार्टी बनाएपछि हामी ऋणमा चाहिँ छैनौं,’ पत्रकारसँग कुरा गर्दै उनले भने, ‘हामीले ठूलो आर्थिक व्ययभार व्यहोर्नु प¥यो । चन्दाको कुरा गर्दा हाम्रो पार्टीको एउटा आर्थिक दृष्टिकोण छ ।’

त्यस्तै उनले आफुहरु शान्तिपूर्ण राजनीतिमा न पनि उल्लेख गरेका छन् । पत्रकारको ‘ तपाईं शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरिसकेपछि पनि अझै तपाईं भूमिगत जस्तै अवस्थामा हुनुहुन्छ । के यो घोषणामा मात्रै सीमित भएको हो ?’ भन्ने प्रश्नमा उत्तर दिंदै उनले भने, ‘हामीले त्यतिबेला पनि शान्तिपूर्ण राजनीतिमा आयौं भनेको होइन । शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार छौं भनेको हो । जुन हामी पहिलेदेखि नै त्यही मान्यतामा छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट