टमाटरको रस र सुन्तलाको जुसले हटाउँछ रक्सीको ह्याङ-Sutra News

टमाटरको रस र सुन्तलाको जुसले हटाउँछ रक्सीको ह्याङ

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

मदिरा सेवनले स्वास्थ्यमा असर पार्छ भन्ने जान्दाजान्दै पनि कतिपय मानिस यसको लतबाट टाढा रहन सक्दैनन् । बाहिरी माहोल, साथीसंगतका कारण मदिरा पिउनेहरू पनि धेरै हुन्छन् ।



अत्यधिक मात्रामा मदिराको सेवन गरेमा ‘ह्याङ’ हुन्छ । जसका कारण उठेर हिँड्न खोज्दा पनि ठोक्किँदै हिँड्नुपर्ने, बोली लरबरिने तथा अस्पष्ट देखिने हुन्छ, जसलाई ह्याङओभर भनिन्छ ।

कसरी गर्ने त ह्याङओभर कम ? यस्ता छन् केही उपायहरू

-मदिरा पिउँदापिउँदै ह्याङओभर सुरु भयो भने तुरुन्तै थप मदिरा पिउन बन्द गर्नुहोस् र तत्काल कागती चिया पिउनुहोस् ।

-कागती चिया, कालो चिया, कागती पानी वा कागतीलाई सिधै खाएमा ह्याङओभर कम हुन जान्छ ।

– ह्याङओभरमा सकेसम्म दबाबमूलक वान्ता हुनबाट बच्नुपर्छ । यदि मदिरा पिएको १० मिनेटभित्रै तपाईंलाई बान्ता भएन भने वान्ता गर्न बल नगर्नुहोला ।

– यदि ह्याङओभरका कारण तपाईं लड्नुभएको छ भने कसैको सहायता वा आफैं चिसो हावा आउने ठाउँमा जाने प्रयास गर्नुहोस्, त्यसपछि लगातार नुन पानी पिउनुहोस् ।

– यदि वान्ता आउन खोजेको छ भने त्यसलाई रोक्नु हुँदैन । किनकि शरीर मदिराबाहिर निकाल्न चाहन्छ । यसलाई रोकेमा उल्टो हानि हुने गर्दछ ।

– ह्याङओभर उतार्ने सबैभन्दा सरल उपाय भनेको प्रशस्त निदाउनु हो, यसले तपाईंको शरीरलाई आराम दिई शरीरमा भएको नशा बिस्तारै घट्दै जान्छ ।

– मदिरा पिउँदा शरीरमा हुने घोलीय पर्दाथमा नशा हुने भएकाले अत्यधिक मात्रामा पानीको सेवन गरेर पिसाबको माध्यमबाट त्यसलाई निकाल्न सके पनि ह्याङओभर कम हुन्छ ।

– ह्याङओभर देखिन थालेपछि स्वच्छ हावामा केही बेर बसेर तातोपानीले नुहाउनुपर्छ । यदि ह्याङओभर अत्यधिक मात्रामा छ भने चिसो पानीले टाउको धुनुपर्छ ।

– तातोपानीले नुहाउँदा मदिराका कारण शरीरमा भित्रिएका टक्सिनलाई पखालेर निकाल्न मद्दत गर्छ । साथै, शरीरमा भएको ह्याङओभर विस्तारै कम हुँदै जान्छ ।

– अदुवाको प्रयोगले पनि मदिराको नशा उतार्ने भएकाले केही टुक्रा अदुवालाई मुखमा राखेर चपाई मनतातो पानीले निलेमा पनि ह्याङओभर कम गर्न सकिन्छ ।

– काचो नरिवलको पानी पिउनाले पनि मदिराको ह्याङओभर कम हुन्छ । साथै, अमिला फलफूलले समेत मदिराको नशा उतार्ने गर्दछ । यो सबैभन्दा उपयोगी उपाय मानिन्छ ।

– पानीमा नुन र सख्खर हाली घोल बनाएर पिएमा मदिराको नशा कम हुन्छ, साथै शरीरमा भएको पानीको कमी पनि पूरा हुने गर्दछ ।

– टमाटरको रस, सुन्तलाको जुस, अदुवा हालेको कालो चिया तथा धनियाँ र सख्खरको मिश्रण खाएमा पनि मदिराको ह्याङओभर कम हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट