काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द हुँदै-Sutra News

काठमाडौंमा मेलम्चीको पानी वितरण बन्द हुँदै

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ । काठमाडौँमा  मेलम्ची खानेपानी आयोजनाको पानी एक महिना बन्द हुने भएको छ ।



मेलम्ची खानेपानी आयोजनाको सुरूङ परीक्षण गर्नुपर्ने भएकोले पानी बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

खानेपानी आयोजनाको सुरुङमा केही समस्या भए नभएको कुरा ईञ्जिनियरहरूको टोलीले परिक्षण गर्दैछन । आयोजनाको सुरुङ परीक्षणको लागि लगभग १२ देखी १५ दिन अवधिसम्मको समय चाहिन्छ । उक्त अवधिमा पानी वितरण गर्न नसकिने हुन्छ ।

सुरुङको परिक्षण सकिएपछि त्यसलाई निरिक्षण गर्न कम्तिमा पनि १० देखि १२ दिन लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट