काठमाडौँ । कोरोना संक्रमितको उपचारमा खटिएका एक चिकित्सकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३५ वर्षीय डा.पशुपति रजौरिया रहेक छन् । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ३५ वर्षीय डा.पशुपति रजौरियाको बुधबार राती मृत्यु भएको हो ।
उनको मृत्यु कोरोनाका कारण भएको अस्पतालले जनाएको छ ।
उनी भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत रहेका थिए ।