काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
आज बेलुका ४ बजे बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तर यता नेकपाकै माधव-झलनाथ पक्षको बैठक भने जारी रहेको छ । भर्चुअल माध्यमबाट सुरु भएको आजको बैठकमा नेता योगेश भट्टराई पनि सहभागी छन् ।