काठमाडौं । डीस होमले सर्वसाधारणका लागि २४ लाख कित्ता आईपीओ खुलाउने तयारी गरेको छ ।
गत वर्ष असार २७ गते डिसहोमले २३ लाख ८५ हजार ९ सय २९ कित्ता सर्वसाधारणका लागि सेयर जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको थियो ।
नेपाल धितोपत्र बोर्डले डीस होमलाई आईपो जारी गर्ने अनुमति दिएपछि डिमहोमले आइपीओ जारी गर्ने बताएको छ ।
हाल ११ लाख ग्राहक रहेको डीस होमले ५८ एचडी र १४९ एसडी च्यानल गरी २०७ टेलिभिजन च्यानल बितरण गर्दै आएको छ ।