काठमाडौँ । नेकपा एमालेको माधव-झलनाथ पक्षको केन्द्रीय कमिटीको बैठक चल्दैछ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षसहित केही नेताहरुलाई पार्टीबाट निष्कासन गरेपछि आगामी रणनीतिका लागि बैठक बसेको हो ।
भर्चुअल माध्यमबाट बसेको उक्त बैठकमा सुरुमा माधव नेपालले सम्बोधन गरे । उनले सम्बोधन गरेलगत्तै अर्का नेता झलनाथ खनालले गरेका थिए ।
नेता झलनाथ खनालले ओलीको गतिविधि अझै नसच्चिने उल्लेख गरेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार उनले अझै ओलीविरुद्ध संघर्ष जारी राख्नुपर्ने बताएका थिए ।
त्यस्तै बैठकमा सहभागी अन्य नेताहरुले पनि ओलीविरुद्ध संघर्ष जारी राख्नुपर्ने राय दिएका छन् ।
बैठक जारी छ ।