काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा ‘नेपाल भेरियन्ट’नभेटिएको जनाएको छ ।
नेपालमा केही दिनअघि बाट कोरोनाको नयाँ ‘नेपाल भेरियन्ट’ फैलिएको भन्दै प्रचार हुँदै आएको थियो ।
विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले ट्वीट गर्दै नेपालमा नयाँ भेरियन्ट नदेखिएको स्पष्ट पारेको छ।
पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको छ ।