कोरोना महामारीको विषयलाई लिएर के भने पूर्वराजा ज्ञानेन्द्र शाहले ?-Sutra News

कोरोना महामारीको विषयलाई लिएर के भने पूर्वराजा ज्ञानेन्द्र शाहले ?

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र आफ्नो स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् । उनले यो महामारीसँग जुध्नका लागि आन्तरिक पहल र बाह्य सहयोगको रहेको बताएका छन् ।



बिहीबार एक भिडियो सन्देश जारी गर्दै राजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् ।  

‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’ भिडियोमार्फत उनले भने ।

त्यस्तै उनले कोरोना माहामारीलाई व्यवस्थापन गर्नका लागि अग्रपंक्तिमा रहेर काम गर्नेहरु सबैलाई धन्यवाद दिएका छन् ।

केही समय अगाडी उनीहरु दुवैजनालाई कोरोना संक्रमण देखिएको थीयो । अहिले उनीहरु कोरोना संक्रमणमुक्त छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट