काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट जनसंगठनहरुले ओलीले गरेको निर्णय नसच्याए नयाँ पार्टी गठन गर्ने चेतावनी दिएका छन् ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल समूह निकट जनसंगठनहरुले यस्तो निर्णय गरेका हुन् ।
‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिहरुको रक्षाको निम्ति, गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ । इतिहासको यो आदेश र आवश्यकताका निम्ति नयाँ प्रतिवद्धता र दृढताका साथ उभिन हामी तयार रहेको पनि जानकारी गराउन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।
उक्त विज्ञप्तिमा १७ वटा जनसंगठनहरुले हस्ताक्षर गरेका छन्।
हेर्नुहोस विज्ञप्ति: