काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ‘भेडाको छाला ओढेका ब्वॉसाहरू को को हुन् चिनिराखौं’ भन्दै बिहीबार अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा एक विश्लेषकको लेखमा प्रतिक्रिया जनाउँदै डा.भट्टराई यस्तो भनाइ व्यक्त गरेका हुन् ।
उनले भनेका छन्, ‘पर्दापछाडि राष्ट्रघात र प्रतिगमनको तानावाना बुन्ने र बाहिर राष्ट्रवाद,लोकतन्त्र र मानवअधिकारको ढोल पिट्ने भेडाको छाला ओढेका ब्वॉसाहरू को को हुन् चिनिराखौं !’
प्रधानमन्त्री केपी शर्मा ओलीले निमत्याएको राजनीति घटनाक्रम बारे खुलेरै विरोध गरेका डा.भट्टराईले ओलीलाई सत्ताच्यत गर्नुपर्ने बताएका छन् ।
पर्दापछाडि राष्ट्रघात र प्रतिगमनको तानावाना बुन्ने र बाहिर राष्ट्रवाद,लोकतन्त्र र मानवअधिकारको ढोल पिट्ने भेडाको छाला ओढेका ब्वाॅसाहरू को को हुन् चिनिराखौं! @Harirokaa को यो खोजमूलक विश्लेषण ! https://t.co/JBr4k3AAxA
— Baburam Bhattarai (@brb1954) June 3, 2021