काठमाडौं- समसामयिक विषयमा छलफल गर्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बोलाएका छन् । अदालतका एक अधिकारीका अनुसार आज शुक्रबारका लागि बैठक बोलाइएको हो ।
ती अधिकारीले दिएका जानकारीअनुसार आजका लागि बोलाइएको बैठकको मिति भने गत जेठ १३ गते नै तय भएको थियो ।
१३ जेठमा बसेको फुल कोर्टको बैठकले कोरोना भाइरसको महामारीका समयमा नियमित मुद्धा, रिट तथा निवेदनहरूमा पेशी तारिखलगायतका कामकारबाही जेठ २१ गते (आज) सम्मका लागि संकुचन गरेको थियो ।
आजको बैठकमा सर्वोच्चले काममा गरेको संकुचनका विषयमा छलफल हुने बताइएको स्रोतका अनुसार बैठकमा संवैधानिक इजलास गठनलगायतका विषयमा पनि छलफल हुनेछ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधनिक इजलासमा तोकिएका दुईजना न्यायाधीश अलग भएपछि जेठ १८ गते प्रधानन्यायाधीश जबराले आइतबारका लागि अर्को इजलास तोकेका छन् ।