आयोगलाई उपेन्द्र पक्षको जवाफी पत्र : हामी बहुमतमा छौं  -Sutra News

आयोगलाई उपेन्द्र पक्षको जवाफी पत्र : हामी बहुमतमा छौं  

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

जनता समाजवादी पार्टीमा रहेक दुई पक्षमध्ये एकले अर्कोलाई कारवाही गर्ने क्रम चलिरहेको छ । फूटको नजिक पुगेको जसपाबाट आएका दुवै निर्णयलाई भने निर्वाचन आयोगले भने खारेज गरिदिएको थियो ।



बुधवार उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले महन्थ ठाकुरलगायत ४ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो भने ठाकूर पक्षले यादवलाई पार्टीबाट निष्कासन गरेको थियो ।

कारवाहीका दुवै पत्रलाई आयोगले खारेज गरिदिएको थियो । थप प्रमाणका लागि आयोगले दुवै पक्षलाई पत्र पठाएको थियो ।

पत्रको जवाफ दिँदै यादव पक्षले आयोगले मागेको सबै डकुमेन्ट पठाएको छ । यादवका प्रेस संयोजन महेश चौरासियाले सूत्रन्यूजसँग भने – ‘आयोगले मागेको सबै डकुमेन्ट पठाइएको छ ।’

यता ठाकुर पक्षले भने आज आयोगको माग बमोजिम डकुमेन्टहरू पठाएन ।

विभाजनउन्मुख रहेको जसपामा यादव पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी सदस्य रहेको बताइएको छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणीमध्ये २७ सदस्यहरू यादव पक्षमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट