अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने, प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई धन्यवाद-Sutra News

अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने, प्रधानमन्त्री ओलीले दिए बाइडेनलाई धन्यवाद

बिहिबार, २० जेष्ठ २०७८

बिहिबार, २० जेष्ठ २०७८

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोप अभावका कारण संकट बेहोरिरहेको नेपाललाई अमेरिकाले
५० लाख डोज खोप उपलब्ध गराउने भएको छ ।



केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पठाएको पत्र तथा कूटनीतिक तहबाट गरिएका प्रयासहरुले सार्थकता पाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ट्विट गर्दै खोप दिने अमेरिकी निर्णयको सराहना गरेका छन् ।

उनले अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई मेन्सन गर्दै भ्याक्सिन दिने अमेरिकी निर्णयको स्वागत गर्ने उल्लेख गरेका छन् ।

उनले खोप दिन नेपाल सरकारले गरेको अनुरोध स्वीकार गरेकामा अमेरिकालाई धन्यवाद पनि दिएका छन् । ‘यसले नेपाल र अमेरिकाबीचको मित्रताको सुदृढतालाई पुष्टि गरेको छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट