अर्घाखाँचीमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो-Sutra News

अर्घाखाँचीमा जेठ मसान्तसम्म निषेधाज्ञा थपियो

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

रुपन्देही- अर्घाखाँचीमा चौथो पटक निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म लागू गरिएको छ ।



जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीकोे बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा कोभिड-१९ संक्रमणको दर घट्दै गए पनि जोखिम कायमै रहेकोले निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ पौडेलले बताए ।

जिल्लामा बिहीवारसम्म २ हजार ९८ जनामा कोरोना संक्रमण देखिएकोमा १६ सय ७३ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट