आजको मौसम पूर्वानुमान, यी ठाउँहरुमा छ वर्षाको संभावना-Sutra News

आजको मौसम पूर्वानुमान, यी ठाउँहरुमा छ वर्षाको संभावना

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौँ । जल तथा मौसम विभागले आजको मौसम पूर्वानुमान जारी गरेको छ । विभागका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।



अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

त्यस्तै आज राती पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट