कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ-Sutra News

कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २७ वर्षीय युवकलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । 



जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द रहेका छन् । 

चन्दको साथबाट शून्य दशमलव ३६ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । पैदल हिँड्दै गरेका चन्दमाथि शङ्का लागि जाँच गर्ने क्रममा खैरो हेरोइन बरामद गरिएको बताइएको छ । 

पक्राउ परेका चन्दलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट