किन डिलेट गरे राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले आफ्नो ट्वीट, के थियो ट्वीटमा ?-Sutra News

किन डिलेट गरे राष्ट्रपति र प्रधानमन्त्रीका सल्लाहकारले आफ्नो ट्वीट, के थियो ट्वीटमा ?

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरमा कोरोना भाइरसविरुद्ध प्राप्त हुने खोपको गलत सुचना लेखेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र राष्ट्रपतिका सल्लाहकार  टीका ढकालले ट्वीट हटाएका छन् ।



अमेरिकाका राष्ट्रपति जो बाइडेनले हिजो बिहीबार राति २ करोड ५० लाख डोज कोरोनाभाइरसविरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेका थिए ।

त्यसपछि राष्ट्रपतिका सञ्चार विज्ञ विज्ञ टीका ढकालले राष्ट्रपतिको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड-१९ विरूद्धको खोप प्राप्ति भएको भन्दै ट्वीट गरे ।

यस्तो थियो उनले लेखेको ट्वीट:

सम्माननीय राष्ट्रपतिज्यूको अग्रसरता र नेपाल सरकारको क्रियाशिलताले कोभिड-१९ विरूद्धको खोप प्राप्तिमा आज अर्को सफलता प्राप्त भएको छ। हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ।

 अमेरिकाका राष्ट्रपति जो बाइडेनले घोषणा गरेको खोपमा नेपाललाई कति दिने भन्ने विषयमा केहि खुलाइएको थिएन । उनले लेखेको स्ट्याटसमा कुनै सत्यता नदेखिएपछि उनले त्यसलाई हटाए ।

 त्यस्तै यता प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिन्छ भनेर लेखे ।

यस्तो थियो उनले लेखेको ट्वीट:

एक तिहाइ खोपको व्यवस्थापन: अमेरिकाबाट अनुदान-५० लाख, चीनबाट अनुदान-१८ लाख, भारतबाट अनुदान- १० लाख, सुरक्षाकर्मीलाई प्राप्त-१ लाख, भारतबाट खरिद- १० लाख, खरिद आउन बाँकी-१० लाख, कोभ्याक्स अनुदान-३ लाख ४८ हजार, जम्मा-१ करोड २ लाख ४८ हजार। कूल चाहिने-४ करोड डोज। बधाई सरकार।

त्यसको केही समयमा थापाले पनि उक्त ट्वीट डिलिट गरिदिए। त्यसपछि फेरि उनले लेखे, तथ्यांक लेख्न उचित लागेन- हामीलाई ४ करोड डोज खोप चाहिन्छ, त्यसनिम्ति राष्टपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको तहबाट विश्वभर आफ्ना समकक्षीसँग भएका पहल सार्थक भइरहेका छन्। आफू र परिवारका सबैले खोप लगाई सुरक्षित भएकाहरूले राष्ट्रपतिको विरोध गर्ने पाखण्डीपन त प्रकट भएकै छ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट