झलनाथ र माधवलाई चेतावनी- ओलीको पछि लागे राम्रो हुने छैन [पूर्णपाठ]-Sutra News

झलनाथ र माधवलाई चेतावनी- ओलीको पछि लागे राम्रो हुने छैन [पूर्णपाठ]

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं । नेकपा एमालेका माधव-झलनाथ पक्षका ४ नेताहरुले ओलीसँग वार्ताको औचित्य समाप्त भइसकेको हुँदा उनीसँग थप वार्ता नगर्नका लागि नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई सुझाव दिएका छन् ।



शुक्रवार एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त चार नेताहरुले यस्तो सुझाव दिएका हुन् ।

पार्टी एकताको लागि एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि ठाउँ नराखेको उनीहरुको तर्क छ ।

उनीहरुले पार्टीलाई जेठ २ मा  कुनै हालतमा पनि पुर्याउन नहुने सुझाव दिएका छन् ।

‘रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले पटक पटक मध्यरातसम्म पनि वार्ताको चाप बढाइएको भन्ने पनि सहज अनुमानकै विषय हो । तसर्थ मुद्दाको किनारा नलागेसम्म वार्ता वा सम्झौताको कुनै पहल नगर्नु नै उचित हुनेछ भनी सचेत गराउन चाहान्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस पूर्णपाठ:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट