मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुन्न- कमल थापा-Sutra News

मधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्वीकार्य हुन्न- कमल थापा

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य नहुने बताएका छन् ।



सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले यस्तो बताएका हुन् ।

उनले खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ भन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको भन्दै यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्न सरकारलाई अनुरोध गरेका छन् ।

हेर्नुहोस उनको फेसबुक स्ट्याटस:

खानीजन्य ढुंगा,गिटी र बालुवा निकासी गरी व्यापार घाटा न्युनिकरण गरिने छ”भन्ने सरकारी नीतिले सर्वत्र आशंका,भ्रम र चिन्ता पैदा भएको छ।यसबारे सरकारले आफ्नो धारणा स्पष्ट गर्नुपर्छ।वातावरणीय सन्तुलन विगार्ने तथा तराई/मधेश र भित्रीमधेशलाई मरुभूमिकरण गर्ने कुनैपनि कार्य स्विकार्य हुंदैन

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट