श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकले डाक्टर कुटेपछि…-Sutra News

श्रीमतीको उपचार गर्न नआएको भन्दै शिक्षकले डाक्टर कुटेपछि…

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको चङ्खेली गाउँपालिकामा होम आइसोलेशनमा रहेका कोरोना सङ्क्रमित श्रीमतीको दैनिक उपचार गर्न नआएको भन्दै एक शिक्षकले गाउँपालिकाका स्वास्थ्य संयोजकमाथि हातपात गरेका छन् ।  सङ्क्रमित महिला होम आइसोलेशनमा बसेकी र दैनिक बिरामी भेट्न नआएको भन्दै गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेका हुन् । दिनहुँ उपचार गर्न किन नआएको भन्दै आफूमाथि शिक्षक रोकायाले हातपात गरेको संयोजक बुढाले बताए ।



सम्बन्धित घटनास्थलमा प्रहरी चौकीको टोली पुगेर छलफल गरिरहेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । घटनाबारे जानकारी आएको र प्रहरीले सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाइने प्रजिअ आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट