प्रधानमन्त्रीसँग छलफलका लागि महन्थ ठाकुर बालुवाटारमा-Sutra News

प्रधानमन्त्रीसँग छलफलका लागि महन्थ ठाकुर बालुवाटारमा

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।



आज जसपाका ५ नेताहरु मन्त्री बन्ने तयारी भएको बेलामा उनी ओलीसँग छलफलका लागि बालुवाटार पुगेका हुन् ।

सरकारमा जाने निर्णय गरेसँगै जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षका ५ जना नेताले आज मन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

आज मन्त्री बन्नेमा राजेन्द्र महतो, अनिलकुमार झा, उमाशंकर अरगरिया, शरतसिंह भण्डारी, श्रीवास्तव रहेको उच्च स्रोतले सुत्रन्युजलाई बतायो ।

संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट