काठमाडौँ । नागरिकता अध्यादेश बिरुद्धमा परेको रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ ।
उक्त रिटको अर्को सुनुवाई आउने जेठ २७ मा हुने भएको छ ।
सरकारले ल्याएको नागरिकता अध्यादेशबिरुद्ध सर्वोच्च अदालतमा जम्मा ६ वटा रिट परेका छन् ।
त्यस्तै नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइका गर्नका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा इजलास गठन गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गएको जेठ ९ गते नेपाल नागरिकता अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।