रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट संचालन हुँदै-Sutra News

रोकिएको ‘द भ्वाइस अफ नेपाल’ आजबाट संचालन हुँदै

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

झण्डै दुई हप्तासम्म रोकिएको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’को प्रशारण आजबाट सुरु हुने भएको छ ।



शोका निर्देशक लक्ष्मण पौडेलले ‘द भ्वाइस अफ नेपाल ३’ आजबाट प्रशारण हुने जानकारी दिएका छन् ।

२ साताअघि कोरोना संक्रमणको जोखिम बढेको भन्दै शोका नयाँ भागहरु छायांकन गर्न नसकेकाले प्रशारण रोकिएको जानकारी यसको टिमले गराएको थियो ।

त्यतिबेला कोच प्रमोद खरेल, तृष्णा गुरुङ र दीप श्रेष्ठलाई कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरुमध्ये खरेल र गुरुङ कोरोना संक्रमणमुक्त भइसकेका छन् भने दीप श्रेष्ठको भने अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट