भारतमा कोरोना संक्रमितको संख्या घट्यो-Sutra News

भारतमा कोरोना संक्रमितको संख्या घट्यो

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

एजेन्सी । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ ।



भारतमा पछिल्लो २४ घण्टामा थप एक लाख ३२ हजार ३६४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना सङ्क्रमित थपिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा दुई हजार ७१३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म    कोरोनाभाइरसको संक्रमणका ज्यान गुमाउनेको संख्या तीन लाख ४० हजार ७०२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट