सर्वोच्चको ‘फुलकोर्ट’को निर्णय- नियमावली संशोधन नहुने, अहिलेकै रोस्टरबाट इजलास गठन हुने-Sutra News

सर्वोच्चको ‘फुलकोर्ट’को निर्णय- नियमावली संशोधन नहुने, अहिलेकै रोस्टरबाट इजलास गठन हुने

शुक्रबार, २१ जेष्ठ २०७८

शुक्रबार, २१ जेष्ठ २०७८

संवैधानिक इजलास सञ्चालन नियमावली तत्काल संशोधन नहुने भएको छ।



शुक्रबार बसेको सर्वोच्च अदालतको ‘फुलकोर्ट बैठक’ले संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन नहुने निर्णय गरको हो ।

 प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बोलाएको आजको बैठकमा संवैधानिक इजलास सञ्चालन नियमावली संशोधन गर्ने अजेण्डा रहेको थियो ।  तर झण्डै २ घण्टा लामो छलफलपछि नियमावली संशोधन नहुने निर्णय भएको छ।

सर्वोच्च बारका पदाधिकारीसँग गरेको भएको छ्हलाफलामा  राणाले नियमावली संशोधन प्रस्ताव पेश गरेका थिए।

न्यायाधीशहरुले अहिले रोष्टरमा रहेका न्यायाधीशबाट इजलास गठन गर्दा पनि वरिष्ठ न्यायाधीशहरु राख्न कुनै समस्या नहुने भन्दै नियमावली संशोधन नगर्न सुझाव दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट